काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री हुने सांसदको नाम तय गरेकाे छ । पार्टीको बैठकले आफुले पाएकामध्ये २ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।
एक नेताले सीआईएनलाई दिएको जानकारी अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने निर्णय गरेको हो ।
मन्त्रीहरूको आजै १ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने तयारी छ । सत्तारुढ दल एमाले र माओवादी केन्द्रले पनि आजै मन्त्रीको नाम तय गर्दैछन् ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, १०:४०