रमन वन
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोडने सडक निर्माणको काम धमाधम भइरहेको छ । १८ किलोमिटर लामो सडकको ट्रयाक खोल्न स्काभेटरले मात्रै सम्भव नभए पछि विस्फोटक पदार्थ प्रयोग गरिएको खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।
कडा चट्टान, अप्ठ्यारो र भिरालो भौगोलिक बनोटमा सडकको ट्रयाक खोल्न चुनौती भएको प्रवक्ता शेर्पाले बताउनुभयो । विस्फोटक पदार्थको सुरक्षा तथा भण्डारणको जिम्मा नेपाली सेनाले लिएको छ ।
सगरमाथा क्षेत्र जोड्ने एक मात्र सडक ‘ङिम दोर्जी शेर्पा पर्यटन सडक’ साढे १० करोडको लागतमा १८ महिना भित्र निर्माण गरिसक्ने गरी एनएस कन्स्ट्रक्सनले गत भदौमा ठेक्का पाएको हो ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९, १३:३९