आफु सञ्चारमन्त्री हुँदा सामुदायिक रेडियोलाई अनुमती दिनमा लागि पनि पहल गरेको पनि सभामुख महराले स्मरण गर्नुभयो ।
काठमान्डौं । सामुदायिक रेडियो प्रशारक संघद्धारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआइएनले आज १० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले समुदायलाई शु–सुचित गराउनमा सामुदायिक रेडियोले मूख्य भूमिका खेलेको बताउनुभयो ।
जनताको अधिकार, स्थानीय तहमा सुशासन प्राप्त भए, नभएको बारे जानकारी दिने माध्यमय नै सामुदायिक रेडियो रहेको भन्दै सभामुख महराले नागरिकको सूचनाको सारथी बन्न सीआईएनलाई आग्रह गर्नुभयो ।
आफु सञ्चारमन्त्री हुँदा सामुदायिक रेडियोलाई अनुमती दिनमा लागि पनि पहल गरेको पनि सभामुख महराले स्मरण गर्नुभयो । पत्रकारिताको क्षेत्रमा श्रमजीवी ऐन ल्याउने, हातहातमा मोवाइल घरघरमा इन्टरनेटको नारा पनि आफैले सुरु गरेको भन्दै उहाँले पत्रकारिता क्षेत्रले समुदायलाइ अतुलनिय योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कृषी, जलस्रोत तथा प्राकृतिक सोत समितिका सभापति पुर्णकुमारी सुवेदीले सीआईएनले समुदायका कुरिति कुसंस्कारका कुरा बाहिर ल्याएर राज्यलाई सचेत गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको धारणा राख्नुभयो ।
सीआइएनले कला, प्रतिभा र क्षमता बाहिर ल्याउनमा पनि विशेष भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समुदायका हरेक क्षेत्रका बिषयवस्तु उठाउँदै आएकाले यसलाई निरन्तरता दिदै जानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अकोराबका अध्यक्ष सुवास खतिवडाले १० बर्षको यात्रामा सीआईएन समुदायसंगै रहेको र समाजका हरेक क्षेत्रलाइ नियालीरहेको बताउनुभयो । किसान देखि कृषि सामग्रीले बजार नपाएको तथा ज्याला मजदुरी गर्नेका समस्या निरन्तर उठाइरहेको धारणा राख्नुभयो ।
यस्तै, सीआईएनले १० बर्षमा सञ्चारको क्षेत्रबाट बैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा पहल गरेको परम्परगत हानिकारक अभ्यास रोक्न पहल गरिहेको भन्दै अबको पाँच वर्षमा ३५ सय स्वयमसेवी पत्रकार तयार गर्ने योजना बताएको पनि जानकारी दिनुभयो ।
अकोराबका महासचिब गोविन्द देवकोटाले गाउँ समुदायका मुद्धालाई काठमाण्डौंसग जोड्ने र काठमाण्डौंका बिषय गाउँमा सुनाउने गरेर सीआइएनले समाजमा योगदान पु¥याएको बताउनुभयो ।
समाजिक मुद्धाहरुलाइ स्थानीय, प्रदेश र केन्द्र गरि तिनै सरकारसंग जोड्ने काम सीआईएनले गरिरहेको उहाँले बताउनुभयो ।
अकोराबका उपाध्यक्ष निमेश कर्णले प्राप्त सल्लाह सुझावलाई ग्रहण गरेर आफ्ना समाचार तथा कार्यक्रमका बिषयहरुलाइ सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
सीआईएनका म्यानेजर दिपक आचार्यले देशभर सञ्चालनमा रहेका ३ सय ५० भन्दा बढि सामुदायिक रेडियो र १८ सय भन्दा बढि रेडियोकर्मिहरुको क्षमता अभिबृद्धिमा पनि सीआईएनले भूमिका खेल्ने बताउनुभयो ।
खानेपानी उपभोक्ता महासंघ नेपालका राजेन्द्र अर्यालले व्यवसायिक रेडियोको तुलनामा सामुदायिक रेडियोले धेरै काम गरेको तथा यसले समुदायको मुद्धा उठाएर सम्बन्धित निकायलाई सचेत गराएको धारणा राख्नुभयो ।
गजुरी गाउँपालिका धादिङका उपाध्यक्ष सिता ढुंगानाले स्थानीय स्तरका सवाललाई उठाने र सम्बोधन गर्ने एक मात्र माध्यम सीआइएन भएको भन्दै सरल र सलिजै सुचना पाउने माध्यम सीआइएनलाइ शुभकामना दिनुभयो ।
कर्णाली प्रदेशका सांसद जीवन बहादुर शाहीले सीआइएनले स्थानीय, प्रदेश र केन्द्र सरकारका प्रतिनिधि संग योजनाका बारेमा अझै धेरै प्रश्न सोध्न पर्ने आवश्यकता औल्याउनुभयो भने गाउँका ७५ प्रतिशत र शहरका २५ प्रतिशत कुरालाइ मात्रै बिषय बनाउन सुझाब दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका सदस्य कालिका पाठकले राष्ट्रिय जागरण र चेतनामा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियोकर्मि, श्रोता, सामुदायिक रेडियोका अभियन्ता तथा बिभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६, १५:४०