काठमाडौ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । हिजो दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो । जुन समयसीमा भित्र दुई जनाको उम्मेदवारी परेको संघीय छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना र नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम हुनुहुन्छ भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक हुनुहुन्छ । यस्तै, यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।
यसअघि नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसक्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९, ०७:१४