काठमाडौं । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि आज संसद्मा बजेट प्रस्तुत भइरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ९८ अर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको छ ।
यद्यपी सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि गर्नुपर्ने चापले सङ्घीय बजेटको आकार १५ खर्ब भन्दा माथि हुने अनुमान गरिएको छ ।
नीति तथा कार्यक्रमार्फत नै आगामी चार बर्ष्भित्र दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखिएकाले बजेटले त्यसको दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ । सरकारले आगामी आवमा करिब आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहितको बजेट प्रस्तुत गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६