काठमाडाैँ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होछारका अवसरमा आइतबार विभिन्न कार्यक्रम गरिएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश भएको हो।
प्रत्येक माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । पर्वका अवसरमा काठमाडाैँको टुँडिखेल, स्वयम्भू, बाैद्ध लगायत ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडाैँमा देखिएको सोनाम ल्होछारको उमङ्ग हेराैँ केही तस्बिरमा-















प्रकाशित मिति: आइतबार, माघ ८, २०७९