काठमाडाैँ । सशस्त्र प्रहरी बल (एपीएफ) बले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका एपीएफका १६ जना खेलाडीलाई बढुवा गरेको छ ।
२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बलले विभिन्न खेलका १६ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बढुवा हुनेमा फुटबल फुटबलका अनिता बस्नेत, एञ्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे लामा, नविन लामा, तोपबहादुर विष्ट छन् ।
यस्तै, भलिबलका नेविका चौधरी, उषाकुमारी विष्ट, रेश्मा भण्डारी र सरस्वती चौधरी, क्रिकेटर सिता रानामगर, जुडोका देवीका खड्का, ट्रायथलनका सोनी गुरुङ तथा एथलेटिक्सका शिवराज पार्की र मंगलप्रसाद थारु हुनुहुन्छ ।
पदक विजेता खेलाडीलाई एपीएफको इतिहासमै पहिलो पटक यसरी विशेष बढुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, १७:१३