काठमाडौं । सरकारले जेष्ठ नागरिक भत्ता ३ हजार बनाइको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै सरकारले जेष्ठ नागरिक भत्ता बढाएको हो । यसअघि २ हजार थियो । गर्भावस्थादेखि बृद्ध अवस्थासम्मलाई सामाजिक सुरक्षा उपलब्ध गराइने घोषणा पनि सरकारले गरेको छ । त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।
सुत्केरीलाई यातायात खर्चको लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ। ८ प्रकारका जटिल रोगको निशुल्क उपचारको अनुदानमा बृद्धि गरिएको छ भने सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन गरिएको छ । ८३ हजार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरिएको छ भने बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा लगाइने छ।
वैदेशिक रोजगारीको जानेको लागत रोजगारदाताबाटै उठाइने घोषणा गरिएको छ। श्रम र रोजगारीमा ७ अर्ब १४ करोड बजेट वर्ष ९२ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य पनि बजेटमा गरिएको छ ।
स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा ३ हजार रुपैयाँ यातायात खर्च दिइने ब्यवस्था गरिएको छ । ५२ हजार स्वास्थ्य स्वयमसेविकाहरुलाई वार्षिक ३ हजार यातायात भत्ता दिन बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६