वसन्तपुर क्षेत्र काठमाडौंको मध्य भागमा पर्छ । हनुमानढोका नामले पनि चिनिने यस दरबार परिसरमा ऐतिहासिक भवन र साँस्कृतिक महत्व झल्काउने मन्दिरहरु रहेका छन् । समयसमयमा आउने जात्रा तथा पर्वले झनै वसन्तपुरको मौलिकता झल्काउने गर्छ । बसन्तपुर क्षेत्रमा हनुमानढोका, काष्ठमण्डप, कालभैरव लगायत अन्य मन्दिरहरु रहेका छन् ।
तस्वीरः अबिनाश आचार्य
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १५:३५