काठमाडौं । सरकारले १५ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गर्नुभएको छ । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।
१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ।
स्वास्थ्यमा ६८ अर्ब ७८ करोड, सबैलाई स्वास्थ्य विमा
सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो
रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब
प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन
उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड
श्रम रोजगारमा ७ अर्ब
वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने
आगामी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने
सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा थप १ रुपैयाँ कर
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६