रेडियो श्रीनगर, हुम्ला । भूकम्प आउने अफवाह फैलिएपछि कणर्ालीका नागरिक रातभर जाग्राम बसेका छन् ।
आज बिहान १ बजेदेखि ६ बजेसम्म ठूलो भूकम्प आउने हल्ला फैलिएपछि हुम्ला, जुम्ला, मुगु लगायत जिल्लाका सर्वसाधारण रातभर खेतबारी, विद्यालय लगायत खुल्ला स्थानमा आगो ताप्दै बसेका थिए ।
भूकम्प आपउने हल्ला फैलाउने मानिसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भूकम्पविद्हरूले भूकम्प आउने समयबारे कसैलाई पनि जानकारी नहुने भएकाले हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।
सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भूकम्प कुन बेलामा आउँछ भन्ने बारेमा कसैले बताउन वा पूर्वानुमान गर्न नसक्ने बताउनुभयो ।
गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा बाजुरामा एकजनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, ०८:५७