विनोदकुमार महतो
धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना थुनुवा भागेका छन् । इलाका प्रहरी कार्यालयभित्र रहेको थुनुवा कक्षको दक्षिणपट्टिको पर्खाल फुटाएर उनीहरू फरार भएको प्रहरीले जनाएको छ ।
फरार हुनेमा विनोदकुमार शर्मा, अनीश मण्डल, रोशन यादव, हरि घिसिङ, रोशनकुमार महतो र शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान र भागेकाहरुको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।
इलाका प्रहरी कार्यालयको पर्खाल पुरानो भएकाले उनीहरूले फुटाएर भागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
फरार भएकामध्ये विनोदकुमार शर्मा लागु औषधका आरोपी हुन भने हरि घिसिङ अभद्र व्यवहारका आरोपी छन् । यस्तै रोशनकुमार महतो र शङ्कर महतो चार दिन अघि मात्र हतियारसहित पक्राउ परेका थिए । यस्तै अनिश र रोशन 'अन्य' मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
(रेडियो स्वागतम)
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९