काठमाडाैँ । प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पीएएन) र गेहेन्द्र धिमाल फाउन्डेसन (जीडीएफ) नेपालले प्रस्तोता, कलाकारको व्यावसायिक विकासलाई सशक्तिकरण, समृद्ध र अभिवृद्धि गर्न साझेदारीको घोषणा गरेका छन् । स्टुडियो अफ लोकेशन नेपालमा आयोजित "अल अबाउट: बिकमिङ अ प्रिजेन्टर" सम्बन्धी प्यानल छलफलका साथ साझेदारीको सुरुवात गरिएको हो ।
प्यानलमा सञ्चारकर्मी भुषण दाहाल, रमा सिंह र प्यानका अध्यक्ष विवेक खतिवडा सहभागि हुनुहुन्थ्यो । प्यानलका वक्ता र आगन्तुकले संचारको क्षेत्रमा प्रवेश गर्न खोज्ने सबैका लागि यो अनुभव बहुमूल्य र प्रेरणादायी भएको बताउनुभएको थियो । प्यानलका सहभागिहरूले पछिल्लो पुस्ताका लागि उपयोगि हुने आफ्ना अनुभव र सल्लाहहरू प्रदान गर्नुभएको थियो ।
गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्ष गौतम धिमालले प्यानसँगको सहकार्यमा आगामी दिनमा पनि यस्ता धेरै कार्यक्रम आयोजना गर्ने निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले यो साझेदारीले कलाकार र सिर्जनशीललाई मात्र नभई समग्र समाजलाई नै फाइदाजनक हुने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९