काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार गर्ने निर्णय गरेको छ । यसबारे सरकारलाई आजै जानकारी दिने र आजै निर्वाचन तालिका पनि प्रकाशन गर्ने गरि निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
संविधान र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका प्रावधान फरक फरक रहेको भन्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्न ढिलाइ भइरहेको थियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सभाका सदस्यले मतदान गर्छन् ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १४:५८