काठमाडौं । सामुदायिक सुचना नेटवर्क सीआईएनको १० औं बार्षिक उत्सवको अवसरमा ४ जना पत्रकार पुरस्कृत भएका छन् ।
सामुदायिक सुचना नेटवर्क सीआईएनको तर्फबाट एक, सामुदायिक रेडियोमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका २ तथा एक जना बुहारी पत्रकार गरि ४ जनालाइ पुरस्कृत गरिएको हो ।
सीआइएनमा कार्यरत शोबिता रिसाल, रेडियो सद्भाव नेपालगञ्जमा कार्यरत प्रिया स्मृती ढकाल, रेडियो अमरगढी डडेलधुरामा कार्यरत ममता भट्ट तथा रेडियो समग्र सिरहामा बुहारी पत्रकारको रुपमा कार्यरत सञ्जु दासलाइ सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उहाँहरुलाई जनही १५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६