काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित युएई मूलका क्यानडाली नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका मोहमद कमल मोहगोबलाई गएराती ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारमा सुन ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए । गत महिना १९ किलो सुनसहित दुई सुडानी पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १०:००