सिंहदरबार नेपालका नेपालको प्रमूख प्रशासनिक केन्द्र हो । प्रधानमन्त्रीको कार्यालय, विभिन्न मन्त्रालय तथा अन्य सरकारी कार्यालयहरू सिंहदरबार परिसरमै छन् ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासको रूपमा वि. सं. १९६० मा बनाउनुभएको थियो । यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्रै पूरा भएको थियो । त्यसबेला सिंहदरबारलाई एसियाकै ठूलो दरबार मानिन्थ्यो । यसको निर्माणमा त्यस बेलाको २५ लाख रूपैयाँ खर्च भएको थियो ।
२००७ सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । २०३० सालमा आगलागी भएको सिंहदरबारको ठुलो भाग नष्ट भएको थियो । त्यसपछि पुनर्निर्माण भएको सिंहदरबार २०७२ को भुकम्पबाट क्षतिग्रस्त बन्नपुग्यो । अहिले पनि सिंहदरबार परिसरमा विभिन्न भवन निर्माण र पुनर्निमाणको काम चलिरहेको छ ।
तस्वीरहरू : अबिनाश आचार्य
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, ०६:२८