काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा जितेको २३ मिलियन दिराम अर्थात झन्डै ८२ करोड २७ लाख रुपैयाँ अरु साथीहरुसँग बाँड्ने बताउनु भएको छ ।
२० जना साथी मिलेर चिट्ठा किनेकाले अरु साथीहरुलाई पनि भाग लगाउने उहाँको भनाइ छ ।
उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।
पालले यो पुरस्कार जित्दा खुसी लागेको बताउनुभयो । आफू कतार आएको सात वर्ष भएको जानकारी दिँदै अहिले गरिरहेको काम नछोड्ने बताउनुभयो ।
विजेता पालको समूहमा चारजना नेपालीसहित २० जना अरु साथी पनि छन् । पालले यस पटक आफ्नो नामका काट्दा भाग्यचिठ्ठा परेको बताउनुभयो।
"म भुइँमान्छे हुँ। मेरो नामको टिकट काट्दा चिठ्ठा प-यो। टिकट काटेका सबै साथीलाई सुनाइसकेँ। हामी सबै खुसी छौँ। रकम पाएपछि बराबर बाँड्छौँ।” पालले भन्नुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, ०८:१७