काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन फिर्ता भने नलिने निर्णय भएको एक नेताले जानकारी दिनुभयो ।
सर्बोच्च अदालतले रास्वपाका सभापति समेत रहेका तत्कालिन उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम नरहेको ठहर गरिदिएपछि गृह मन्त्रालय कसले पाउने भन्ने बारेमा खटपट भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई पुन: गृह मन्त्रालय नदिने अडान राख्नुभएको थियो भने लामिछानेले आफैँलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै आएनुभएको थियो । यो विषयमा सहमति हुन नसकेपछि बसेको बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
रास्वपा उपप्रधानमन्त्री सहित गृह, शिक्षा, श्रम मन्त्री र स्वास्थ्य राज्यमन्त्री सहित सरकारमा सहभागि भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, १४:४८