कठमाडौँ । एसएलसीको तयारी गर्दा होस् वा परीक्षा दिँदा र दिइसकेपछि पनि रोल्पाको जेलवाङका १७ वर्षीय परिमाण बुढामगरलाई धेरैले सुनाउँथे, ‘बुर्जुवा शिक्षा लिएर के फाइदा ?’
अनि एसएलसी दिएर घर फर्कँदै गर्दा उहाँ माओवादीले सुरु गरेको सशस्त्र लडाइँका लागि बाटोबाटै भूमिगत हुनुुभयो । यो २०५२ सालको कुरा ।
‘परीक्षा दिँदा लगिएका भाँडालगायत बन्दोबस्तीका सामान घर नजिकैको चिनजानका मानिसको घरमा राखेँ । त्यहीँबाट म युद्धमा लागे १ गतेबाट त्यस्को सुरुवात गरेको हुँ ।’ उहाँले भन्नुभयो ।
परिवर्तनका लागि भन्दै भित्ते लेखन र प्रशिक्षणबाट सुरु भएको उहाँको यात्रा तत्कालीन समयमा राज्यपक्षका सुरक्षा पोष्टहरुको सुराकी गर्ने, नक्सा बनाउनेदेखि लडाइँको मैदानमा होमिनेसम्म चल्यो ।
यो बेलासम्म आइपुुग्दा ‘परिमाण’ बाट उहाँको नाम ‘क्षितज’ भइसकेको थियो । ती दिन सम्झदै क्षितिज सुनाउनुहुन्छ ‘६१ सालतिरको करिब एकडेढ वर्ष सरकारी सुरक्षा पोष्टका बारेमा फोटो, भिडिओ, स्केच बनाएर अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई बुझाउने जिम्मेवारी पनि पूरा गरेँ । बाँकी समय म फिल्डमै खटिएँ ।’
सँगैका कैयौँ साथीको मृत्युलाई नजिकबाट नियाल्दै कहिले सिपाही त कहिले कमान्डरको भूमिका निर्वाह गर्नुपर्यो ।
विशेषगरी राप्ति क्षेत्रका एकदुई बाहेकका सबै लडाईँमा प्रत्यक्ष सहभागी उहाँको फुर्सदको बेलामा भने देखेका र भोगेका विषयवस्तु बारे टिपोर्ट गर्ने बानी थियो ।
एउटा कविता र अर्को कथाको पाण्डुुलिपी तयार हुँदै गर्दा अवकाश रोजेका कतिपय पूर्व सहकर्मीको शव खाडी मुलुकबाट आउँदा र नेपालमै भएकाहरुको अवस्था सम्हाल्नै नसकिने देख्दा युुद्ध साहित्य बाहेकका विषय लेख्न छुुट्छ कि भन्ने चिन्ता क्षितिज मगरलाई लाग्छ ।
२०६७ सालमा उहाँले कक्षा १२ को पढाइ पूरा गर्नुभयो । तर लडाकुमा प्रवेश गर्दा एसएलसी उत्तीर्ण गरेकालाई मात्र अधिकृत तहमा समायोजन गर्ने सहमति भयो ।
त्यतिबेलादेखि नै उहाँले बनाउनु भयो, अवकाश लिने मानसिकता ।
‘हामीभन्दा पछि पढेर आएका साथी हामीभन्दा माथिल्लो तहमा पुग्ने र उनीहरुलाई सलाम गर्नुपर्ने अवस्था आयो । त्यसपछि समायोजनामा जान नैतिकताले दिएन’ उहाँले थप्नुभयो ।
यसबीचमा उहाँको कविता सङ्ग्रह ‘आस्थाका पर्खालहरू’, संस्मरण ‘गण्डक अभियान’ र कथा सङ्ग्रह ‘सुनछहरीको ऐनामा’ प्रकाशित भइसकेका थिए ।
ब्रिगेड सहकमान्डर अर्थात करिब एक हजार 'जनसेना'को नेतृत्व र दुुईचार जना सिपाहीको २४ घण्टे पहरा त्यागेर २०६९ सालमा अवकाश वापदको सात लाख रुपैयाँसहित घर फर्कँदा लेख्नुपर्ने, पाठक, स्रोताले थाहा पाउनुपर्ने कयौँ विषय उहाँको सम्झनामा थिए ।
‘सत्तामै गएर आफ्नो सेना हावी हुनुपर्छ, नेताहरुलाई जस्तै सुविधा दिनुपर्छ भन्ने माग पनि थिएन । जीवनयापनका केही ससाना कुरा पूरा हुन् भन्ने थियो । अवकाशपछि जसले राम्रोसँग सोचविचार गरी निर्णय लिए उनीहरूको अवस्था राम्रै छ । तर, जसले विचार पुर्याउन सकेनन्, उनीहरुको अवस्था खराब बन्दै गएको छ ।’ क्षितिजले सुनाउनुभयो, ‘कतिपय साथी खाडी मुलुकमा गएर बाकसमा फर्कनुपर्ने अवस्था छ । जिल्लामै भएका साथीको पनि शारीरिक तथा मानसिक अवस्था विग्रँदै गएको छ ।’
तत्कालीन मन्त्रिपरिषद्को निणर्य अनुसार झन्डै १४ सय माओवादीका लडाकुु सेना समायोजना गए । करिब ७ हजारले अवकाश रोजे र तह अनुसारको रकम पनि पाए । ती सबै आज कहाँ के गर्दैछन् ? कतिपय कसैको सम्पर्कमा छैनन् तर तत्कालीन ब्रिगेड सहकमान्डर क्षितिज मगर भने मजदुरीदेखि साहित्य लेखनमा रमाइरहनु भएको छ ।
श्रीमानश्रीमतीको अवकाश हुँदा पाएको रकमले दाङमा घर बन्यो । तर दिनहुँको आवश्यकता टार्न क्षितिज घर निर्माण, व्यवस्थापनको काममा लागेको १० वर्ष पुुग्दै छ ।
दिनभरको थकान बिर्सेर उहाँ साहित्य लेखनलाई निरन्तरता दिइरहनु भएको छ ।
१०/१२ जना मानिस आफूसँग दिनहुँ हुने गरेको जानकारी दिँदै धेरै समस्या समाधानका लागि खर्च गरिरहनुपरेका कारण कति आम्दानी हुन्छ भन्ने हिसाब राख्न नपाएको दाबी गर्नुभयो ।
केही दिनअघि उहाँको चौथो कृति कथा सङ्ग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक भयो । यो कृतिमा युद्धकालको मात्रै नभएर शान्ति प्रक्रियापछिका समाजमा देखिएका घटनाहरुको बारेमा पढ्न पाइन्छ ।
एउटा कविता र अर्को कथाको पाण्डुुलिपी तयार हुँदै गर्दा अवकाश रोजेका कतिपय पूर्व सहकर्मीको शव खाडी मुलुकबाट आउँदा र नेपालमै भएकाहरूको अवस्था सम्हाल्नै नसकिने देख्दा युद्ध साहित्य बाहेकका विषय लेख्न छुुट्छ कि भन्ने चिन्ता क्षितिज मगरलाई लाग्छ ।
तत्कालीन मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै १४ सय माओवादीका लडाकु सेना समायोजना गए । करिब ७ हजारले अवकाश रोजे र तह अनुसारको रकम पनि पाए ।
ती सबै आज कहाँ के गर्दैछन् ? कतिपय कसैको सम्पर्कमा छैनन् तर तत्कालीन ब्रिगेड सहकमान्डर क्षितिज मगर भने मजदुरीदेखि साहित्य लेखनमा रमाइरहनु भएको छ ।
(भिडिओ)
अडियाे सुन्रुहाेस्
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९, ०९:४७