काठमाडाैँ । नेपाल २० वर्षमुनिको दक्षिण एसियाली महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बंगलादेशको ढाकामा भएको खेलमा आज भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपाललाई जिताउन अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गर्नुभयो । भारतका अपूर्ण नार्जारीले एक गोल गर्नुभयो ।
पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै नेपाल विजयी भएको हो । खेलको २० औं मिनेटमा अपूर्णको गोलमा भारतले अग्रता लिएकोे खेलको ४८ औँ मिनेटमा अन्जली चन्दले गोल गर्नुभयो । ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनालल्टीमार्फत गोल गर्नुभयो भने ८९ औं मिनेटमा अमिषा कार्कीले गोल थप्दै नेपाललाई ३–१ ले जिताउनुभयो ।
जितसँगै नेपालले ३ खेलबाट ६ अंक भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९, १७:०३