धनगढी । सुदूरपश्चिममा प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित गरिएको हो ।
दिउसो १ बजे बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सत्तागठबन्धनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताउँदै अाएकाे छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा रावल नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।