दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा आज भएको निर्वाचनमा कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै एमालेका दसौदी निर्वाचित हुनुभएको हो ।
दसौदीले ४ हजार २६ मतभार पाउनुभयो भने आचार्यले ३ हजार ७ सय २० र नाउपाका रायले १९२ मतभार पाउनुभयो ।
दसौदीलाई माओवादी केन्द्र, जनमत पार्टीलगायतको समर्थन थियो भने कांग्रेसका आचार्यलाई एकीकृत समाजवादीले साथ दिएको थियो । एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए पछि रिक्त रहेको स्थानका लागि अाज उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १७:०३