धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छन् । बिहीबार मुख्यमन्त्री नियुक्त शाहलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
विश्वासको मत प्राप्त गर्न नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट पदमुक्त भएपछि काँग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
शाहसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । काङ्ग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा (एकीकृत समाजवादी) का नरेश शाही आर्थिक मामिला मन्त्री बनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९, १६:१४