काठमाडौँ । विश्वकप लिग–टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अलअाउट हुँदै २८५ रन बनायो ।
नेपालका करण केसीले पाँच, सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिनुभयाे । नामिबियाका मिचेल भान लिंगेनले १३३ र जेराड इरास्मसले ५६ रन बनाउनुभयाे । लिंगेनले १३७ बलमा ९ चाैका र ५ छक्का प्रहार गर्नुभयो ।
करणले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ५ विकेट लिँदा सन्दीपले १० ओभरमा ६६ रन खर्चेर ३ तथा सोमपालले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिनुभयो । कुसलले ७ ओभर बलिङ गर्दै ३५ रन बनाउनुभयो ।
एकदिसवसीय मान्यता जोगाइराख्न नेपाललाई लिग टूअन्तरगतका खेल्न बाँकी १२ मध्ये ९ खेल जित्नुपर्ने बाध्यता छ । जारी शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई दुई खेल खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९, १२:३२