काठमाडाैँ । खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी हुँदा जलेर घाइते हुनुभएका प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था जटिल रहेको उहाँहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ । उहाँको उपचार भइरहेको कीर्तिपुर अस्पतालले सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको र श्वासनलीमा समेत तातो हावा र धुवाँ पसेकाले अवस्था जटिल रहेकाले थप उपचारका लागि विदेश लैजान सिफारिस गरेको छ । आमाको शररीको ७० प्रतिशत भागमा जलन भएको अस्पतालले जनाएको छ ।
दुबैजनाको अहिले अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालकाे साधन श्राेत उहाँहरूको उपचारका लागि पर्याप्त नभएकाले यथासिघ्र विदेशमा थप उपचारका लागि लैजानुपर्ने अस्तालले विज्ञप्ति निकालेर जनाएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९, ०९:१५