काठमाडौँ । खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते काँग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ ।
भण्डारीलाई श्रीएयरको जहाजबाट भारत लगिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । उहाँको साथमा चिकित्सको टोली पनि गएको छ ।
उहाँको काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेकोमा बढ्न सक्ने जोखिम टार्न उपलब्ध स्रोतसाधनले सम्भव नभएका कारण अन्यत्रै लैजान अस्पतालले सिफारिस गरेको थियो ।
आगलागीमा परेर गम्भीर घाइते हुनुभएका चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको भने उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।
गएराति काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९, १६:४७