काठमाडौ । नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि हिजो मतदान गरिएको थियो । गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता प्रकाश अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो ।
बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउनुभएको हो । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुँदा नरेश रोकाया महासचिव निर्वाचित हुनुभएको छ ।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको छ । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९, ०७:४३