काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्यको लागि आग्रह गर्नुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले अब देश जोगाउन राजसंस्था र राजनीतिक दलहरूबीच सहकार्यको लागि ढिला नगर्न अनुरोध गर्नुभएको हो ।
अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्थाबीच आपसी विश्वासको साथ सहकार्यको लागि बिलम्ब गर्न नहुने उहाँको जोड छ ।
पूर्व राजा ज्ञानेन्द्रले नेपालको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने उल्लेख गर्दै देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्र्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
मुलुकको शासनसत्ता जजसका हातमा दोहोरिँदै तेहेरिँदै आए पनि वा फेरिँदै गए पनि मुलुकको विद्यमान राज्यव्यवस्थाले जनताको सुख शान्ति र समृद्धिमा कुनै गहन योगदान दिन नसकेको दाबी पूर्वराजा ज्ञानेन्द्रको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, १०:०६