सुर्खेत । कर्णालीलाई चिन्ने चिनाउने बहस र विमर्शको उत्सवका रुपमा रहेको कर्णाली उत्सव कुडा कर्नालीकाको चौथो संस्करण समापन भएको छ ।
सुर्खेत प्रदेसको राजधानी सुर्खेतको विरेन्द्रनगरमा तीन दिनसम्म चलेको महोत्सवमा राजनीति, विकास, अर्थ, सुशासन, रेडियो, प्रविधी, भोजन, कर्णालीको लोकबाजालगायत विभिन्न विषयका १६ वटा सत्र सञ्चालन गरिएको थियो । यी विषयमा वक्ताहरुले कर्णालीमा विकासका सम्भावनाहरु अहिले भइरहेका अभ्यास, जवाफदेहीता पारदर्शिता र सुशासनका विषयमा धारणा राखेका थिए ।
हरेक दिन कर्णालीका एक एक जना प्रतिभाको संघर्ष र सफलताको कथा समेटिएको विशेष प्रस्तुती पैकेलो प्रस्तुत गरिएको थियो । त्यस्तै संगित कविता र गजल सन्ध्या पनि आयोजना गरिएको थियो ।
उत्सवमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज घिमिरे र डा अंगराज तिमल्सिनाले विद्वत प्रवचन दिँदै देशको विकासका लागि लोकतन्त्र र सुशासनमा सुधार हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कर्णाली उत्सव चार वर्षदेखि ऋती फाउन्डेसनले आयोजना गर्दै आएको छ । उत्सवमा उठेका विषयलार्य दस्तावेजका रुपमा समेट्दै सम्बन्धित सरोकारवालासमक्ष पुर्याउने र निरन्तर निगरानी गरिरहने फाउन्डेसनका संयोजक दिनेश गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, १७:४८