काठमाडौँ । दक्षिण कोरियामा करार अवधि समाप्त भएपछि कोभिड भिसा थप भएका श्रमिकहरुले बाँकी अवधिको लागि पुनः श्रम स्वीकृति लिनुपर्ने भएको छ ।
ईपीएस कोरिया शाखाले आज विज्ञप्ती निकालेर रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत ई–९ भिसामा कोरिया गएर कोरोनाका कारण पुनः श्रम गर्न नपाएकाहरुलाई पुनः श्रम स्वीकृति लिन आग्रह गरेको हो ।
शाखाका अनुसार ईपीएसबाट ई–९ भिसामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुले बाँकी अवधिको लागि अनलाइबाटै पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गरिएको छ ।
तर त्यसको लागि वैदेशिक रोजगार विभागको सफ्टवेयर एफइआईएमएसमा जी टू जी लिङ्क दिनुपर्ने हुन्छ ।
ईपीएस शाखाले एफईआईएमएसमा जी टू जी लिङ्क दिएपछि बल्ल श्रमिक आफैले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, ०९:१९