काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा २ सय १२ रन बनायो ।
नेपालका सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा ललित नारायण राजवंशी र कुशल मल्लले एक एक विकेट लिनुभयो । स्कटल्यान्डका जर्ज मुन्सले सर्वाधिक ६० रन बनाउनुभयो ।
सिरिजमा नेपालले यसअघिका तीनवटै खेल जितेको छ ।
यसअघि नेपालले गत शुक्रबार स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । २०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनिसकेको छ ।
नेपालले अहिलेसम्म खेलेका २७ मध्ये ११ मा जितसहित २४ अंकका साथ छैटौं स्थानमा छ । आजसहितका ९ मध्ये कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम रहने छ । नेपाल विश्वकपको छनाेटमा स्थान बनाउने सम्भावना पनि कायमै छ । त्यसका लागि अाजसहित सबै खेल जित्न पर्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, १२:३३