काठमाडौँ । सत्तारुढ नेकपा एकता जिल्ला तहसम्म टुङ्गो लागेको छ । विषेश परिस्थिति भन्दै मापदण्ड उल्लङ्घन गरेर ‘एक व्यक्ति, एक पद’ लाई किनारा लगाउँदै अघि बढेको एकता पक्रिया अन्तिम चरणमा छ ।
तर, आलोपालो सहमतिका विषयमा बाहिर आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइपछि बहस फेरि पुरानै ठाउँमा फर्किएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आजका लागि सचिवालयको बैठक बोलाएको थियो ।
अन्तिम समयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नफर्किदै बैठक २ दिन पछि सरेको छ । सरकार र पार्टी चलाउने विषयमा बाहिर आएको अध्यक्ष प्रचण्डको भनाइ र लगत्तै त्योसँग जोडेर आउन थालेको नेताहरूको अभिव्यक्तिको असर बैठकमा परेको छ ।
ओलीले दिल्लीबाटै काठमाण्डौँमा प्रचण्डसँग सल्लाह गरेर बैठकपछि पछि सार्नुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार आज नै दुई अध्यक्षबीच सल्लाह हुनेछ । त्यसका आधारमा आउँदो सोमबार सचिवालयको बैठक बस्नेछ ।
दिल्लीमा रहँदै र नेपाल फर्केपछि प्रचण्डको भनाईलाई प्रधानमन्त्री ओलीले ठट्टाको शैलीमा जवाफ फर्काउनुलाई त्यो विषयलाई उहाँले गम्भिर मान्नु भएको छैन । तर, अब ओलीले प्रचण्डकै मुखबाट आफैले बोलेको कुरा खण्डन गराउने पयत्न गर्ने अनुमान पनि गरिएको छ ।
लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठन टुङ्गो लगाउन सचिवालयको बैठक बोलाइएको थियो । अध्यक्ष ओली भारत भ्रमणमा रहेका बेला बाहिर आएको प्रचण्डको भनाइले बहस ‘एक व्यक्ति, एक पद’ मा फर्किएको छ ।
त्यो बहसले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई सहयोग पुगेको छ । जसले सुरुदेखि नै ‘एक पद, एक व्यक्ति’ मुख्य एजेण्डा बनाइरहनु भएको थियो ।
दिल्लीमा रहँदै र नेपाल फर्केपछि प्रचण्डको भनाईलाई प्रधानमन्त्री ओलीले ठट्टाको शैलीमा जवाफ फर्काउनुलाई त्यो विषयलाई उहाँले गम्भिर मान्नु भएको छैन । तर, अब ओलीले प्रचण्डकै मुखबाट आफैले बोलेको कुरा खण्डन गराउने पयत्न गर्ने अनुमान पनि गरिएको छ ।
अन्यथा ‘एक व्यक्ति एक पद’ मान्न ओली तयार नहुँदा मौन रहनुभएका प्रचण्डको भनाइले पार्टीभित्र महाधिवेसन केन्द्रित समिकरणको बहस सुरु भएको सङ्केत गरेको छ । त्यसको असर पार्टीभित्र मात्रै होइन सरकारमा पनि देखिनेछ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६, ०८:५२