काठमाडाैँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरेको बैठकमा सहभागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहाुदर खड्काले जानकारी दिनुभयो ।
काग्रेसले उम्मेदवार कसलाई बनाउने भन्ने चाहिँ तय भइनसकेकाे उहाँले बताउनुभयो । कांग्रेसबाट रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैलाको नाम चर्चामा छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, १९:४३