काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै गरेको निवेदनमा आज सुनुवाइ हुँदैछ ।
गएको शुक्रबार सर्वोच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले थुनामै राखेर अनुसन्धान गनुपर्ने मागसहित दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश दिएको थियो ।
पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएको थिएन ।
आजको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ ।
एक नाबालिका बलात्कार आरोपमा पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौँले गएको असोज १८ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पाटन उच्च अदालतमा परेको पुनरावेदनमा सुनुवाइ गर्दै गएको पुस २८ मा सर्तसहित २० लाख धरौटीमा सन्दिपलाई रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९