काठमाडाैँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री पुष्पकमल दाहाल फरक ढंगबाट अघि बढ्न खोजेकोले सरकारबाट हट्ने निर्णय गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले हिजो मानवअधिकार परिषद्को बैठकमा जान लागेका बेला परराष्ट्रमन्त्री विमला राई पौड्याललाई रोकेपछि एमालेको सचिवालय बैठक आज बसेको थियो । यसअघि अर्को सत्ता घटक राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १२:५२