काठमाडौं । काठमाण्डौं उपत्यका सहित देशभरको मौसममा अझै केहीदिन खराब रहने भएको छ । अझैं केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ। स्थानीय बायु र बंगालको खाडीबाट आएको हावाको प्रभावले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो। तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको छ।
पूर्वमा बनेको न्यून चापीय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मीन कुमार श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
‘तीन चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ। दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने। सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो। तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको छ।
अब केही दिनभित्र मनसुन सक्रिय हुने भएकाले मंगलबारबाट मौसममा सुधार आएपनि फेरि बदलीको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन सुरु भएको छैन। नेपालको पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव छैन। पानी नपर्दा गर्मी अत्याधिक बढेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६, १५:३१