काठमाडौ । अबको तीन दिन देशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
नेपालमा प्रिमनसुन अर्थात मनसुनअघिको समय सुरु भएकाले अब विस्तारै बिहान मौसम सफा रहेपनि दिउँसोपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिब अधिकारीले सीआईएनसँग कुरा गर्दै मनसुन अघिको अवस्थामा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव रहने भएकाले मेघगर्जनसहित पानी पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन अघिको समयमा कतिबेला पानी पर्छ भन्न सकिँदैन । तर चट्याङ र हावाहुरी पनि चल्ने भएकाले सचेत भने हुनुपर्छ ।
सामान्यतया मौसमविद्ले मार्च १ देखि मे महिनासम्मलाई प्रिमनसुन भन्ने गर्छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, ०८:०५