काठमाडौँ । नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटमा छनोट भएको छ । प्रतियोगिताको एसियाली छनोट अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०१६ मा १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको थियो ।
१ सय ९२ रनको लक्ष्य पछ्याएको यूएईलाई ४८ ओभरमा १ सय ८४ रनमै समेट्दै नेपाल विजयी भएको हो । ४६ औँ ओभरमा दिपेश कँडेलले ह्याट्रिक विकेट लिए पछि नेपालले रोमाञ्जक जित हात पारेको हो ।
यूएईका लागि इथान काल्लले ५० रन बनाउनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनाएको थियो । कप्तान देव खनालले ५१ रन तथा विशालविक्रम केसीले ३८ र उत्तम थापाले ३६ रन बनाएको खेलमा दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रनको योगदान गर्नुभयो ।
नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै तथा अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाटी ९ रनमा आउट हुनुभएको थियो । तर खराब सुरुवात गरे पनि नेपालका मध्यक्रमका ब्याटरले नेपालको पारि सम्हाल्नुभएको थियो । यूएईका धुव्र परासरले ३ तथा हरिस शेठ्ठी र आयान खानले २/२ विकेट लिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, १७:५६