काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
हिजो सङ्घीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बागमती प्रदेशका सांसदहरूको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम नयाँबानेश्वरमा रहेको एक पार्टीप्यालेसमा दिउँसो १ बजे हुने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा गठबन्धनका नेताहरूले सम्बोधन गर्नेछन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, ०९:००