लमजुङ । लमजुङको भुजुङ गाउँ क्व्होलासोंथार गाउँपालिका ४ मा पर्छ । यो गाउँ सदरमुकाम बेंसीसहरबाट हिँडेर १ दिनमा पुगिइनेछ । यहाँ जिपबाट पनि जान सकिन्छ । बेंसीसहरबाट करिब ३२
किलोमिटरको यो दुरी छिचोल्न जिपमा २ देखि साढे २ घण्टा लाग्छ ।
काठमाडौँबाट लमजुङ सदरमुकाम बेंसीसहर पुग्न गाेंगबू नयाँ बसपार्कमा बस र माइक्रो बस पाइन्छ । काठमाडाैँबाट बेंसीसहर पुग्न करिब ६ घण्टा लाग्छ । पोखराबाट जाँदा लमजुङकै
पसगाउँसम्म ४७ किलोमिटर र पसगाउँबाट भुजुङ करिब १८ किलोमिटर टाढा पर्छ । पसगाउँदेखि भुजुङसम्म पुग्ने सडकको ट्रयाक हालसालै खुलेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, १७:५१