काठमाडौँ । विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्य नेपालले २ ओभर बाँकी हुँदै ७ विकेट गुमाउँदै भेट्टाएको हो ।
नेपालको जितमा आसिफ शेखले अविजित ८६ र सन्दीप लामिछानेले अविजित ३५ रन बनाउनुभयो । आसिफ र सन्दीपले ८ विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेपछि जित सम्भव भएको हो । आरिफले १३० वलमा २ चाैका र १ छक्का प्रहार गर्नुभयो । सन्दीपले ५० बलमा ३ चाैका प्रहार गर्नुभयो ।
पहिलो बलमै कुशल भुर्तेल आउट भएसँगै दबाबमा परेको थियो । नेपालका भीम सार्की र दिपेन्द्रसिंह ऐरी ८–८, ज्ञानेन्द्र मल्ल ६, तथा रोहित पौडेल र आरिफ शेख १–१ रनमै आउट हुनुभयो ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा १ सय ७९ रन बनाएको थियो । पीएनजीका टोनी उराले ३९ रन र हिरी हिरीले रन बनाउनुभयो । नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २–२ तथा कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिनुभयो ।
विश्वकप लिग टूको त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले विदेशमा खेल्ने यो अन्तिम शृङ्खला हो । शृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईसँग आउँदो सोमबार यूएई खेल्न बाँकी छ । यसपछि नेपालले पीएनजी र यूएईसँगै दुई दुई खेल कीर्तिपुरमा खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, १७:५२