काठमाडाैँ । दोलखाका रेडियोकर्मी शेरबहादुर भुजेलको निधन भएको छ । उहाँ दोलखाको सामुदायिक रेडियो कालिन्चोक एफएमका सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो ।
उहाँ त्यसअघि रेडियो कालिन्चोकका समाचार प्रमुख रहनुभएको थियो । ३८ वर्षका उहाँको दोलखाको पवटीस्थित निवासमा गएराती सुतेकै अवस्थामा निधन भएको हो । उहाँलाई उच्च रक्तचापको समस्या थियो ।
भुजेल सामुदायिक रेडियो अभियानमा सक्रिय हुनुहुन्थ्यो । सामुदायिक रेडियो प्रसारक संघले विज्ञप्ति निकालेर दुख ब्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९, १९:२७