काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा कार्यसम्पादन समितिका अधिकांश सदस्यले संवैधानिक राजतन्त्रको मुद्दा उठाएको दलले राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागि हुन नहुने बताए पछि बैठकले मतदान नगर्ने निर्णय गरेको हो ।
राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभाका सांसद छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्छन् । भाेली हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९, १८:२६