काठमाडौँ । १० बुँदे गल्छी घोषणापत्र जारी गर्दै ‘सामुदायिक प्रसारणका लागि सामुदायिक अभियान–परामर्श सम्मेलन’सकिएको छ ।
धादिङको गल्छी गाउँपालिकामा यही फाल्गुण २३ र २४ गते रेडियो धादिङको आयोजनामा सम्मेलन भएको थियो ।
सम्मेलनमा सहभागी देशभरका सामुदायिक रेडियोका सञ्चालकहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण र सम्बद्र्घनमा सक्रिय हुँदै समाजको बहुलता र विविधताको पक्षमा वकालत गर्ने प्रतिबद्घता जनाएका छन् ।
सामुदायिक प्रसारणले वर्तमान समयमा सामना गर्नुपरेका चुनौती एवं प्राप्त अवसरहरूलाई उपयोग गर्नका लागि पनि घोषणा पत्र जारी गरिएको रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।
घोषणापत्रका बुँदाहरूः
१. समुदायको सकारात्मक सामाजिक रुपान्तरणका साथै समाजमा विद्यमान विकृति, विसङ्गति, कुरीति, कुसंस्कारसँगै जातीय लैङ्गिक र धार्मिक विभेदको अन्त्यका लागि कार्यक्रम उत्पादन तथा प्रसारणमार्फत समतामूलक समाज निर्माणमा सक्रिय रहने प्रतिबद्घता व्यक्त गर्दछौँ ।
२. नेपालमा सामुदायिक प्रसारणको २५ वर्षमा प्राप्त भएका उपलब्धि, सामना गरिएका चुनौती र कठिनाइको स्मरण गर्दै प्रविधिको विकासले उजागर गरेका सम्भावनाहरूलाई उपयोग गरी समुदायको रुचि र सरोकार पहिचान गरी सहि र तथ्यपरक सूचना प्रसारणको प्रतिबद्घता व्यक्त गर्दछौँ ।
३. सामुदायिक रेडियोमा महिलाको अपनत्व बढाउन र महिलाका सवाल एवं विषयबस्तुलाई उच्च महत्व दिइ रेडियो कार्यक्रम उत्पादन एवं प्रसारणमा महिलाको जीवन, स्वतन्त्रता, न्याय र आत्मसम्मान अभिवृद्घिका सामग्री उत्पादन र प्रसारणमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्घता जाहेर गर्दछौँ ।
४. रेडियो सामग्री उत्पादन र प्रसारणमा आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा ज्ञानसीप र रहनसहनको सम्बद्र्घनका विषयबस्तुलाई समुचित स्थान दिने र आदिवासी जनजाति समुदायका प्रसारकहरूको क्षमता अभिवृद्घिप्रति प्रतिबद्घता जाहेर गर्दछौँ ।
५. सामुदायिक प्रसारणमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित अल्पसङ्ख्यकको स्वामित्व, सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्न इमान्दारीताका साथ सक्रिय रहँदै, सामुदायिक अभियान र आन्दोलनमा हामी एकाकार हुने प्रतिबद्घता व्यक्त गर्दछौँ ।
६. समाजमा विद्यमान बालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछुत, बोक्सी, सामाजिक विभेद र कूरीतिको अन्त्यका लागि अझ व्यापक साझेदारी र सहकार्यसहित निरन्तर क्रियाशील रहने प्रतिबद्घता व्यक्त गर्दछौँ ।
७. विश्वव्यापी रूपमा स्थापित सामुदायिक प्रसारणका मूल्यमान्यताहरू प्रति प्रतिबद्घ रहँदै सामुदायिक प्रसारण आवाज विहीनहरूको आवाजको रूपमा स्थापित गराउन हामी प्रतिबद्घ छौँ ।
८. सामुदायिक रेडियोहरूको दिगोपनाको निम्ति संस्थागत पुनर्संरचना, पुनर्निर्माण र पुनर्जागरणमार्फत समुदायको स्वामित्व, नेतृत्व र सक्रियता अभिवृद्धिमा प्रतिवद्ध छौँ ।
९. समुदायमा सामुदायिक प्रसारण महत्वपूर्ण रहेकाले यसको दिगोपना र सबलिकरणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यानकर्षण गर्दै समुदायमा अत्यावश्यक सूचना र शिक्षा पु¥याउन सामुदायिक रेडियोसँग सहकार्यको वातावरण निर्माणको लागि सरकारलाई आग्रह गर्दछौँ ।
१०. परामर्श सम्मेलनमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मा ज्यू, प्रतिनिधि सभाका सदस्य, राजेन्द्रप्रसाद पाण्डे, रामनाथ अधिकारी र अच्यूत मैनालीलगायत सम्पूर्ण अतिथि महानुभावहरू तथा विषयगत छलफलमा स्रोत व्यक्तिको रूपमा आफ्नो विज्ञता र अनुभव राख्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
२०७९ फाल्गुण २४ गते, गल्छी धादिङ
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९, १५:०४