काठमाडौँ । राष्ट्रपतिका लागि भएको मतदानको मतगणना आजै दिउँसो चार बजेदेखि सुरु हुने भएको छ ।
प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा राष्ट्रपति पदको निर्वाचनमा ८ सय ८१ मध्ये सङ्घ र प्रदेशका गरी ५१ जना सांसदले भने मतदानमा सहभागिता जनाएका छैन ।
तीमध्ये केही राप्रपाका सांसद हुन् भने केही उपचारका क्रममा मुलुक बाहिर रहेकाका कारण भोट दिन नआएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत हुनुहुन्छ भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् ।
राप्रपाका २८ प्रदेशसभा सदस्यले पनि मतदानमा भाग लिएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९, १५:२०