काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै दायर भएको रिटमा हिजो सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याउने भन्दै स्थगित भएको थियो ।
सशस्त्र द्वन्द्वका बेला मारिएका ५ हजार व्यक्तिको जिम्मा लिन्छु भन्ने प्रचण्डको करिब ३ वर्षअघिको अभिव्यक्तिका आधारमा कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै पीडितहरूले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको रिट निवेदन इजलासको आदेशपछि गत मङ्गलवार दर्ता भएको हो ।
प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरणसहित १४ जना र कल्याण बुढाथोकीसहित ८ जनाले छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९, ०९:३३