काठमाडाैँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष दाहाललाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ– 'रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषय विषयको निरुपण छिटोरितो रुपमा गर्नुमनासिव देखिएकोले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको छ ।'
सर्वोच्चले निवेदकको माग बमोजिम अन्तरिम आदेश भने दिएन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९, १७:१५