काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ ।
२०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भएर फागुन ३० गतेदेखि राष्ट्रपति पदको उहाँले कार्यभार सम्हाल्नु भएको थियो ।
गत बिहीवार भएको चुनावबाट नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले भोलि राष्ट्रपति भवन शीतलनिवास छाड्ने तयारी भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सीआईएनसँग कुरा गर्दै भण्डारीले भोलि राष्ट्रपति भवन छाड्ने र भोलि नै नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिनुभयो ।
२०७२ साल कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति बन्नुभएका भण्डारीको दोस्रो कार्यकाल आज सकिन लागेको हो ।
भण्डारीअघि नेपाली काँग्रेसका रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बन्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, ०९:५४