काठमाडौँ । विश्वकप क्रिकेट लिग टूको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ९६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पीएनजीलाई ३२ ओभरमा मात्र ९५ रनमा अलआउट गरेको हो ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले दुई दुई विकेट लिनुभयो । पीएनजीका चारजना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सक्नुभयो । पीएनजीका असद भालाले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक भयो ।
सन्दीपले १० ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन खर्चँदा कुशलले ३ ओभरमा १ मेडल राख्दै मात्र ६ रन खर्चनु यभो । यस्तै, ७ ओभर बलिङ गरेका ललितले १३ रन र ५ ओभरमा सोमपालले २२ रन खर्चनुभयो ।
आज नेपाली टोलीमा गुलशन झाको साटो करण केसी टिममा पर्नुभएको छ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई आजकाे खेल र यूएईसँगको खेल जित्नुपर्ने छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९, ११:४३